फिनल्यान्ड- बुद्धको जम्स्थल लुम्बानी र विश्वको सर्वोच्च शिखर सगरमाथालाई विदेशमा पुगेर प्रचार प्रसार गर्दै विश्व साइकल यात्रामा रहेका सौरब दाहाल हालै फिनल्यान्डमा सम्मानित भएका छन् । फिनलेन्डको ताम्पेरे टेक्निकल यूनिभर्सिटीमा नेपाली बिधार्थीहरुले आयोजना गरिएको कार्यक्रममा साइकल यात्री दाहालले आफ्नो यात्राको वृतचित्र प्रश्तुत गरेका थिए । ताम्पेरेमा बसोबास गर्ने नेपालीहरुको वाक्लो सहभागिता रहेको उक्त्त कार्यक्रममा यात्रीले आफ्नो यात्राको उदेश्य सहित रोचक अनुभबहरु समेत सुनाएका थिए । कार्यक्रममा उपस्थितहरुले दाहालको यात्राको बारेमा आफुलाई लागेका जिज्ञासाहरु सोधेका थिए । उक्त कार्यक्रममा दाहाललाई गैरआबसिय नेपाली संघ फिनल्याण्डका ताम्पेरे प्रतिनिधि डाक्टर सुबास न्यौपानेले फुलको गुच्छा र फिनल्याण्डको झण्डा दिएर सम्मान गरेका थिए । संस्थाका सचिन मिश्र, अभिषेक गुप्ता र डाक्टर न्यौपानेले कार्यक्रमको संयोजन गरेका थिए । ६२ राष्ट्रको यात्रा अन्तर्गत दाहाल फिनल्याण्ड आएका हुन् । यहाँ रहँदा उनले फिनल्याण्डका स्थानीय संचार मध्यमलाई समेत भेट गरी गौतम बुद्धको जन्मथलो नेपालको बारेमा अबगत गराएका थिए । ६३ राष्ट्र यात्रा अन्तर्गत दाहाल आइतबार स्विडेन जाँदैछन् । 









