Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

DSC02954 (1)यूएइ-स्याङ्गजा सहयोग समाज यूएइ अर्न्तगतको शारजाह क्षेत्रीय समितिको दोस्रो अधिवेशन हालै शारजाहको रोला पार्कमा सम्पन्न भएको छ ।
शारजाह क्षेत्रीय समिति अधिवेशन आयोजक समितिका संयोजक खेम गुरुङको सभापतित्व भएको उक्त कार्यक्रमले जीवन शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा हरिप्रसाद पाण्डे, सचिवमा राजु केसी, सह-सचिव मनि पाण्डे, कोषाध्यक्ष पुरुषोत्तम सापकोटा, सह-कोषाध्यक्षमा विष्णुप्रसाद वस्याल रहनुभएको छ ।
अन्य सदस्यहरुमा क्रमशः बावुराम ढकाल, रामप्रसाद वस्याल, गोपाल पाण्डे, शोभाकान्त ढकाल, शालिकराम कोइराला रहनुभएको छ । यसका साथै सो कार्यक्रमले २ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ जसमा मिलन गुरुङ र देविलाल खनाल रहनुभएको छ ।
स्याङ्गजा सहयोग समाज यूएइका महासचिव भुपराज वस्यालले संचालन गर्नुभएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यतामा स्याङ्गजा सहायोग समाज युएइका अध्यक्ष भूपती न्यौपाने रहनुभएको थियो । त्यसैगरी विषेश अतिथिमा स्याङ्गजा सहयोग समाज यूएइका संस्थापक अध्यक्ष तथा एनआरएन एनसिसि यूएइका अध्यक्ष चन्द्र रोका रहनुभएको थियो । अन्य अतिथिहरुमा स्याङ्गजा सहयोग समाज यूएइका सचिव राजु पाण्डे, कोषाध्यक्ष कृष्ण न्यौपाने, सदस्य लक्ष्मण खनाल रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट शुभकामना मन्तव्य राख्दै अध्यक्ष न्यौपानेले समाजलाई गतिशील बनाउनको लागि सम्पूर्ण यूएइबासी स्याङ्गजालीको अभिलेख राख्दै समाजमा आवद्ध गराउनुपर्ने कुरा व्यक्त गर्नुभयो । साथै विषेश अतिथि चन्द्र रोकाले पवित्र मन लिएर समाजसेवामा जुट्न सके जीवनको सार्थकता उच्च हुने,  व्यक्तिगत जीवन भन्दा सामुहिक जीवन सफल हुने कुरामा दुइमत नभएको भन्दै आ-आफ्नो समय र क्षमताले सकेसम्म जीवनलाई सामाजिक क्षेत्रमा लगाउनुपर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी अतिथिहरु राजु पाण्डे, कृष्ण न्यौपाने, लक्ष्मण खनाल लगायतले नयाँ कार्य समितिको सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पुरानो कार्य समितिको तर्फबाट अभिलेख हस्तान्तरण गर्दै कार्यक्रम संयोजक मिलन गुरुङले नयाँ कार्यसमितिलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो । नयाँ कार्यसमितिको तर्फबाट प्रतिवद्धता मन्तव्य राख्दै अध्यक्ष जीवन शर्माले आफूहरु समाजको हितलाई सर्वोपरी ठान्दै समाजिक क्रियाकलापमा अघि बढ्ने कुरा व्यक्त गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया