युएई-प्रवासी नेपाली संघ युएईको बिधाजायज कमिटीको क्षेत्रीय अधिवेशन हालै सम्पन्न भएको छ । प्रवासी नेपाली संघ युएईका सचिव तथा संगन बिभाग प्रमुख गीतामणि पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व रोहित कुमार राउतले गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय कमिटीका सदस्यहरू कृष्ण भुषाल, राजु गुरुङ, लिला उप्रेतीको पनि उपस्थिति रहेको थियो । अधिवेशनले रोहितकुमार राउतको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । अन्य पदाधिकारीहरूमा क्रमशः उपाध्याक्ष वेदानन्द यादव, सचिव तिलक गुरूङ, सह-सचिव बालकृष्ण भट्टराइ, आर्थिक संयोजकमा बिमला अधिकारी रहनुभएको छ । त्यसैगरी अन्य सदस्यहरूमा शिव सुवेदी, डम्बर राइ, चन्द्रवहादुर, राजेन्द्र पान्डे रहनुभएको छ । नयाँ कार्यसमितिमा मधेसी, जनजातिहरूलाइ पनि समेटेर समावेशी रूपमा नयाँ समिति गठन गरिएको हो ।
कार्यक्रममा वक्ताहरूले नयाँ कार्यसमितिलाइ शुभकामना सहित उपस्थित सबैलाइ धन्यवाद दिएका थिए । प्रमुख अतिथिले नेपालीहरूले विदेशी भूमिमा रहेर पनि समाजसेवाप्रति देखाएको सक्रियताको चर्चा गर्दै अन्य क्षेत्रमा रहनुभएका नेपालीहरूलाइ पनि समाजसेवामा लाग्नु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको संचालन लिला उप्रेतीले गर्नुभएको थियो ।









