Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
old menकाठमाडौं – बिहीबार मातातीर्थ औंसी। छोराछोरीले आफूलाई जन्म दिने आमालाई पूजाआजा गरी मुख हेर्ने दिन। धेरै छोराछोरी यो उत्सवको चटारोमा रहेका बेला राजधानीको व्यस्त कालिमाटी चोकनजिकै सडकमा एउटी आमा उदास थिइन् । त्यसो त उनले ६ महिनादेखि कालिमाटीको माली आयल स्टोरअगाडि दिनरात काट्दै आएकी छन्।
मातातीर्थ औसीको दिन पनि यिनलाई कुनै सन्तानले सम्झेनन्। सडक जीवन बिताउँदै आएकी यी महिलाले अरुले दयाले दिएको खानेकुराले पेट भर्दै आएकी छन्। आफ्नो दैनिकी कष्टकर भए पनि उनले मातातीर्थ औंसीका दिन आमालाई सम्भि्कइन्। वरिपरिका पसले र बटुवाले दिएको खानेकुरा उनले सबैभन्दा पहिले आमाको नाममा चढाएर मात्र खाइन्। औंसीको दिनमा आमाले खानेकुरा मागेकाले भढाएको उनको भनाइ थियो। उनलाई आफ्नो नाम थाहा छैन। आफ्ना पाँच छोरा भएको उनले बताइन्।
बेला–बेलामा उनले आफ्नो परिवारबारे कुरा गर्ने गरेको खुद्रा पसले प्रेमकुमारी श्रेष्ठले बताइन् । नजिकैका पसलेले यिनलाई दालभात, चिया, खाजा ल्याइदिने गर्छन्। ‘मैले यी आमासँग कुरा गर्दा पाटनढोका पछाडि माइतीघर भएको बताएकी थिइन् ,’ प्रेमकुमारीले भनिन्, ‘ पाँच छोरा भए पनि यिनलाई कसैले पनि वास्ता गरेका रहेनछन्।’ यिनलेे खानेकुरा र सुत्ने बोरा मागेपछि त्यसको व्यवस्था गरिदिएको उनले सुनाइन्। दिउँसो बटुवाले यी आमालाई दिएको पैसा राति खाते र जडियाले लुटेर लैजाने गरेका छन्।
यी महिला जसलाई पनि आन्टी भनेर सम्बोधन गर्छिन्। कुकरले टोकेपछि ६ महिनाअघि सुइँ लगाउन छोराबुहारीले टेकू अस्पताल ल्याएको र त्यसपछि छाडेर भागेको उनको भनाइ छ। छोराबुहारीले छाडेपछि उनी नीलबाराही मन्दिर नजिकै बस्ने गरेकी थिइन् । गत मंसिरमा एक महिलाले मन्दिरबाट उठाएर उनलाई माली आयल छेउमा छाडेको नजिकै खुद्रा पसल थापेकी सुविता भुजुले बताइन्।
‘दिनभर यी आमाले पाएको पैसा, खानेकुरा र लुगाफाटा राति जडँयाहाहरुले लैजान्छन्,’ भुजुले दुःखेसो पोखिन्,’ केही बोलिन् भने आइलाग्छन्।’
जाडो, गर्मी, वर्षा जे होस्, उनी सडकपेटीमै बस्दै आएकी छन्। ‘सुरमा भएको बेला यी आमाले धेरै राम्रा कुरा गर्छिन्,’ भुजुले सुनाइन्, ‘आज मैले भात ल्याएर दिँदा उनले पहिले आमालाई चढाएर मात्र खाएको देख्दा म अचम्भित भएँ।’ जस्तोसुकै दुःखमा पनि आफ्नी आमालाई नबिर्सने यी आमालाई पाँच सन्तानले बिर्सेको देख्दा मन रुने गरेको उनले बताइन्।
यी आमाले मानसिक सन्तुलन गुमाएको हुनसक्ने स्थानीय व्यापारीको भनाइ छ। ‘पीर परेकाले यिनले यस्तो व्यवहार देखाएको हुनसक्छ, वृद्धाश्रममा लगेर मनोसामाजिक उपचार गरेमा यिनको आनीबानी सुधार हुनसक्छ,’ एक व्यापारीले भने। अहिलेसम्म सबै रमिते भएर बसेको र सहयोगका लागि कोही नसरेको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया