Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

हङकङ्ग-स्थानीय जोर्डनको हङकङ्ग रेष्टुरेण्टमा हङकङ्गमा वस्ने नेपालीहरूको साझा साहित्य शृङ्खला बार्हौंको “वार्षिक उत्सव सौगात” सम्पन्न भएको छ । गतसालदेखिनै चलिरहेको धारावाहिक शृङ्खलाको संयोजक चन्द्र मादेन “आन्छन”को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी गेटवे ओभरसिज डोमेस्टिक ईम्प्लोईमेण्ट लिमिटेडका प्रोपाईटर एवं नेपाली महासंघका वरिष्ट सल्लाहकार हेम तवेबुङ् र विशेष अतिथिमा नेपाली आर्ट्स एण्ड कल्चरका अध्यक्ष नन्द चङ्सु हुनुहुन्थ्यो । सो कार्यक्रममा बरिष्ट संगीतकार दिनेश सुव्वा, हङकङ्ग सरकारवाट विभुषित तक्मा प्राप्त गरेका कुल प्रसाद गुरूङ र विभिन्न संघसस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथि, विशेष अतिथि र सभापति त्रयद्वारा रिवन काटी कार्यक्रमको उद्घाटन गरिएको थियो भने कवि त्रिभुवन लुङ्फुङ्वाद्वारा स्वागत मन्तव्य दिईएको थियो ।
“नेपाली वाङ्मयको संम्रक्षण र संम्वर्दवन गरौं” भन्ने राष्टियताको आवाज उल्लेख गरिएको वेनरमा प्रमुख अतिथि तवेबुङ, विशेष अतिथि चङ्सु र नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक साम्बाहाम्फेद्वारा शुभकामना दिईएको कार्य क्रममा वाल कलाकारहरू निङ्वा शक्ति मादेनद्वारा स्व.नारायण गोपालका “मलाई नसोध, कहाँ दुख्छ घाऊ”मा भाईलोनको सूमधुर धून र भैरवी सिहँद्वारा लोक नृत्य प्रस्तुत गरिएको थियो ।
दोस्रो चरणको कार्यक्रममा कविहरू चन्द्र मादेन “आन्छन”, डीवी पालुङ्वा, हेम थापा, त्रिभुवन लुङ्फुङ्वा, आशिष साम्पाङ् महेश, टोप ब याक्खा, वल्लव रोक्का, विष्णु ईङ्नाम, राज तामाङ् र कवयित्रीहरू पूर्णिमा शाह, गीता पालुङ्वा र शान्ति पङ्धाकद्वारा जीवन जगत, देश प्रेम, शृङ्गार रसका कविता, गीत, गजल र मुक्तकहरू वाचन गरिएको थियो । उक्त साहित्यिक कार्यको प्राध्यापक एवं कवि दाजू गुरूङद्वारा समिक्षात्मक टिप्पोणी गरिएको थियो । अन्त्यमा, कार्यक्रम विसर्जन गर्नु अघि सभापति आन्छन्ले अहिलेसम्म आफूले साहित्य शृङ्खलाको संयोजक निरन्तर धारावाहिक गरिआएकोमा अर्कोपल्ट तेर्हौं शृङ्खला देखि नव संयोजक कवि टोप ब याक्खालाई घोषणा गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन कवयित्री पूर्णिमा शाहद्वारा गरिएको थियो ।

hongkong

तपाईको प्रतिक्रिया