पेरिस-गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको आयोजनामा पेरिसमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
नेपालबाट ख्यातीप्राप्त गायक रामकृष्ण ढकाल र गायिका मल्लिका कार्कीको साथमा स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रम एनआरएन फ्रान्सले आयोजना गर्न गइरहेको हो ।
आगामी मे महिनाको ५ तारिखको दिन पेरिसको कुर्नभ शहरमा हुन गईरहेको उक्त कार्यक्रममा फ्रान्स निवासी सम्पूर्ण नेपालीहरुलाई सहभागीताको लागि हार्दिक अनुरोध गरिएको छ ।
कायर्कर्मको विस्तृत जानकारीः
Date: Sunday 05th May 2013 – Time: From 13H00
Venue address: Maison de l’Enfance – 56 Rue Anatole France – 93 120 La Courneuve
Financial participation : 10 €








