Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

China Prograमकाउ-ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रालिको पहलमा मकाउ चेम्बर अफ कर्मसका अध्यक्ष सहितको टोलि नेपालमा लगानी गर्ने वाताबरण बुझ्न आउने भएको छ । मकाउ चेम्बर अफ कमर्शको निमन्त्रणामा आयोजना गरेको एक्जिविसन अवलोकनका क्रममा जिसिआईका अध्यक्ष देवमान हिराचन र मकाउ चेम्बर अफ कर्मशका अध्यक्ष बेनिटो सि सेबिच भएको कुराकानीमा उनीहरुले आँउदो सेप्टेम्बर महिनामा नेपाल आउने इच्छा ब्यक्त गरेका हुन् ।

भेटघाटका क्रममा नेपालमा लगानी गर्ने वातावरण, जिसिआईले नेपालमा गरिरहेको काम र यसको उदेश्यको बारेमा छलफल भएको थियो । बिशेष गरी नेपालको कृषि, नवीकरणीय र बैकल्पिक उर्जाको बिषयमा कसरी लगानी गर्ने भन्नेमा आफ्नो कुराकानी भएको हिराचनले बताउनुभयो । नेपालमा लगानी गर्न उनीहरू इच्छुक भएकाले कम्पनिले लगानीको वातावरण मिलाउन पहल गरिरहेको उहाँले बताउनुभयो ।

आउँदो सेप्टेम्बरमा मकाउ चेम्बर अफ कमर्शका प्रतिनिधिले नेपालमा लगानी गर्ने वातावरणको बिषयमा भ्रमण गरिसकेपछि के मा लगानी गर्ने भन्ने कुरा प्रष्ट हुने जिसिआईले बताएको छ ।

ग्लोबल क्यापिटलर इन्भेष्टमेन्ट कम्पनीले हाल कृषि, रियल स्टेट, होटल तथा रिसोर्ट, सौर्यशक्ति एवं वायुवाट चल्ने विधुत र वाहृय मुलुकहरुसँग ब्यापार सञ्जाल बिस्तार गर्ने कार्य गरिरहेको छ । त्यसैगरी जिसिआईले कृषि क्षेत्र अन्तर्गत काठमाण्डौको रामकोटमा नमूना कृपि उत्पादन फर्म शुरू गरिसकेको छ । कम्पनिले जापानबाट पनि कृषि विशेषज्ञ ल्याउने तयारी गरिरहेको कम्पनिका अध्यक्षले बताउनुभयो । नेपाललाई सम्पूर्ण रुपमा अर्गानिक उत्पादनको क्षेत्र बनाउने तयारीमा कम्पनि लागेको छ । उपत्यकाका ५० वटा अर्गानिक फर्मका किसानहरूलाई लगानी गरेर अर्गानिक खेतिको प्रोत्साहन गर्ने अभियानमा जिसिआई लागेको कम्पनिले बताएको छ । यसका लागि कम्पनिले किसानलाई लगानी, प्रबिधि र बजारको सुबिधा दिने छ ।

 

 हङकङमा जिसिआइवारे अन्तरक्रिया

यसैवीच ग्लोबल क्यापिटल इन्भेष्टमेण्ट प्रालि नेपालको हङकङ शाखाले २४ मार्चमा जोर्डन स्थित कङ्गन रेष्टुरेन्टमा जिसिआईवारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिसिआईको उद्देश्य र लगानी गर्ने क्षेत्रवारे सहभागीहरूलाई प्रष्ट पारिएको थियो ।

कार्यक्रमका प्रमुख अथिति तथा जिसिआई कम्पनीका अध्यक्ष देव

tn

मान हिराचनले कम्पनीले नेपालको आर्थिक क्षेत्रमा योगदान गर्न सञ्चालन गरिरहेको अभियानलाइ साथ दिन आग्रह गर्नुभयो । केहि वर्ष भित्रमै नेपालको आर्थिक क्षेत्रमा सकारात्मक सन्देश दिने गरी कम्पनिले योजना बनाएकाले ढुक्क भएर नेपालमा लगानी गर्न पनि उहाँले हङकङमा बस्ने नेपालीहरुलाइ आग्रह गर्नुभयो ।

राजधानी काठमाण्डौ जस्तो १४ घण्टा लोडसेडिङ हुने ठाउँमा वैकल्पिक विधुत प्रवाह गराउने जिसिआईको अर्को उद्देश्य हो भन्दै उहाँले सुहाउँदो मूल्यमा मे महिनावाट रियल स्टेट (आवास) को शुरुवात गर्ने र होटल तथा रिसोर्टको लागि पोखरामा ठाउँको छनौट गरिसकेको पनि जानकारी दिनुभयो ।

हङकङ चेर्म्वर्स अफ कर्मसका अध्यक्ष जे एन ज्ञवाली, एनआरएनका हङकङका अध्यक्ष दुर्गा गुरुङ, नेपाली महासंघका अध्यक्ष प्रदिप थापा र फिस्टेल ट्राभल्स एण्ड टुर्सका निर्देशक कृष्ण पाण्डेले कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष स्वयं जापानमा ३९ बर्ष बसेर अनुभव बटुलेका तथा  आफैले सफलतापूर्वक कम्पनी सञ्चालन गरेकाले कम्पनीले थालेको अभियान सफल हुने विश्वास ब्यक्त गरे । यसका लागि अवश्यक योगदान दिन आफुहरु तयार रहेको पनि उनिहरुले प्रतिवद्धता जनाए । कम्पनिका लगानिकर्ता मध्येका प्रदिप कन्दङवाले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा जिसिआईका बोर्ड अफ डाइरेक्टर जेवी ओख्राबुले सहभागीहरूलाइ स्वागत गर्नु भएको थियो ।

चीनमा पनि अन्तरक्रिया

त्यसैगरी चाइनाका प्रवासि नेपालीहरुले ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रालिले नेपालमा थालेको अभियान सँगंसगै अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् । २० मार्चमा चाइना एनआरएनले आयोजना गरेको जिसिआइ र नेपाल वारे अन्तरक्रिया कार्यक्रममा उक्त प्रतिवद्धता जनाईएको हो । उनीहरूले नेपालमा लगानी गर्न आफुहरुले चाहे पनि  लगानी गर्ने वातावरण नहुँदा अप्ठेरो  परेको तर अब जिसिआइले यस तर्फ सकारात्मक अभियान थालेकाले जुनसुकै क्षेत्रमा लगानी गर्न पनि तयार रहेको बताए ।

जिसिआइ नेपालका अध्यक्ष देवमान हिराचनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै हिराचनले ढुक्क भएर नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउने अभियानमा साथ दिन आग्रह गर्नुभयो । हामी तीन वर्ष नेपालाइ परिवर्तनको संकेत दिनेछौं भन्दै उहाँले नेपालको आर्थिक विकासको आधार र तत्काल जनतालाइ राहत दिने क्षेत्र कृषि भएकाले यसको बिकाशमा जिसिआई लागेको बताउनुभयो ।

कार्यक्रममा एनआरएन चाइनाका उपाध्यक्ष राजन जमकरकट्टेल जिसिआईले थालेको अभियानमा चाईनामा बस्ने नेपालीहरुले पुरै साथ दिने बताउनुभयो । नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउन जिसिआइले थालेको अर्गानिक कृषि अभियानका साथै अन्य अभियान हामीलाई सान्दर्भिक लागेको छ भन्दै घिमिरेले यसका लागि जस्तो सुकै सहयोग पनि गर्न तयार रहेको बताउनुभयो ।

 

 

 

 

तपाईको प्रतिक्रिया