Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकर लाल अग्रवाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई बुधबार डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको हो। सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए। उनीविरुद्ध कर्जा दुरुपयोगसँग सम्बन्धित मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ।

प्रहरीले अग्रवाललाई आवश्यक कानुनी प्रक्रियाका लागि उच्च अदालत पाटनमा उपस्थित गराउने तयारी गरेको जनाएको छ। यसअघि पनि अग्रवाल २०८२ साल चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका थिए। पछि उनी उक्त मुद्दामा रिहा भएका थिए।

तपाईको प्रतिक्रिया