Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले वृद्धि भएर २ लाख ९१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ११० रुपैयाँले बढेर ४ हजार ४८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

यसैबीच, अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ। बुधबार सुन प्रतिऔंस ४ हजार १२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। घरेलु बजारमा देखिएको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभावसँग पनि जोडिएको छ।

तपाईको प्रतिक्रिया