टोकियो – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार जापानी येनको भाउमा सामान्य गिरावट देखिएको छ । पछिल्लो समय उतारचढावपूर्ण रहेको येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
राष्ट्र बैंकको विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ४५ पैसा र बिक्री दर ९ रुपैयाँ ४८ पैसा तोकिएको छ । १ अमेरिकी डलरको खरिद दर १५३ रुपैयाँ ६८ पैसा र बिक्री दर १५४ रुपैयाँ २८ पैसा कायम भएको छ । यो नेपाली मुद्राको इतिहासमा डलरको निकै महँगो मूल्य हो ।
आज युरोको बिक्री दर १७६ रुपैयाँ २५ पैसा र खरिद दर १७५ रुपैयाँ ५६ पैसा कायम भएको छ । पाउन्डको बिक्री दर आज २०७ रुपैयाँ १७ पैसा पुगेको छ ।
खाडी र मलेसियाको मुद्रा दर :-
- कुवेती दिनार: ५०१ रुपैयाँ ४० पैसा (नेपाली बजारमा उपलब्ध मुद्रामध्ये सबैभन्दा महँगो)
- कतारी रियाल: ४२ रुपैयाँ ३२ पैसा
- युएई दिराम: ४२ रुपैयाँ ०० पैसा
- साउदी रियाल: ४१ रुपैयाँ ०९ पैसा
- मलेसियन रिंगिट: ३७ रुपैयाँ ७३ पैसा
- बहराइन दिनार: ४०९ रुपैयाँ १५ पैसा
यसैगरी क्यानेडियन डलरको बिक्री दर १०९ रुपैयाँ ७६ पैसा, अस्ट्रेलियन डलर १०८ रुपैयाँ ३७ पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ४५ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले तोकेको यो दर ‘सन्दर्भ दर’ मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।








