Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आत्मदाहपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीका परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार आत्मदाहको प्रयास गरेका नेपालीको भोलिपल्ट वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि सरकारसँग सहमति नजुटेकाले परिवारले शव बुझ्न अस्वीकार गरेको थियो।

पछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच विभिन्न विषयमा सहमति भएपछि विवाद टुंगिएको छ। सहमतिअनुसार परिवारलाई उचित राहत उपलब्ध गराइने, गणेश नेपालीकी छोरीको उच्च शिक्षासम्मको जिम्मेवारी लिने, उनकी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्ने तथा घटनाबारे निष्पक्ष छानबिन गरिने उल्लेख गरिएको छ।

सहमतिसँगै परिवार शव बुझ्न तयार भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया