Deneme Bonusu Veren Siteler
शनिबार, असार २७, २०८३
Saturday, July 11, 2026

टोकियो – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि सार्वजनिक गरेको वैदेशिक मुद्राको विनिमय दरअनुसार जापानी येनको भाउमा केही संकुचन देखिएको छ । पछिल्लो समय उतारचढावपूर्ण रहँदै आएको येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ३८ पैसा र बिक्री दर ९ रुपैयाँ ४२ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा येनको मूल्यमा प्रति १० इकाइ १ पैसाको गिरावट आएको हो ।

येनसँगै अन्तर्राष्ट्रिय बजारका अन्य प्रमुख मुद्राहरूको भाउमा पनि आज सामान्य गिरावट देखिएको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ३३ पैसा र बिक्री दर १५२ रुपैयाँ ९३ पैसा रहेको छ । यस्तै, युरोपियन युरोको बिक्री दर १७४ रुपैयाँ ७८ पैसा र बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०५ रुपैयाँ ०३ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्कको बिक्री दर १८९ रुपैयाँ ५२ पैसा पुगेको छ ।

खाडी र मलेसियाको मुद्रा दर :-

  • कुवेती दिनार: ४९६ रुपैयाँ ९३ पैसा (नेपाली बजारमा उपलब्ध मुद्रामध्ये सबैभन्दा महँगो)
  • कतारी रियाल: ४१ रुपैयाँ ९५ पैसा
  • युएई दिराम: ४१ रुपैयाँ ६४ पैसा
  • साउदी रियाल: ४० रुपैयाँ ७३ पैसा
  • मलेसियन रिंगिट: ३७ रुपैयाँ ५१ पैसा
  • बहराइन दिनार: ४०५ रुपैयाँ ६० पैसा
  • ओमानी रियाल: ३९७ रुपैयाँ २० पैसा

यसैगरी क्यानेडियन डलरको बिक्री दर १०७ रुपैयाँ ८५ पैसा, अस्ट्रेलियन डलर १०६ रुपैयाँ १० पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ११ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले तोकेको यो दर ‘सन्दर्भ दर’ मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया