Deneme Bonusu Veren Siteler
शनिबार, असार २७, २०८३
Saturday, July 11, 2026

टोकियो – जापानको राजधानी टोकियो नजिकै रहेको इबाराकी प्रान्तमा एक महिलालाई आफ्नै कोठामा सँगै बस्ने अर्की महिलाको ओठ सियो र धागोले सिलाइदिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ४९ वर्षीया मासाए साकुराईलाई यो विभत्स र अमानवीय कृत्य गरेको अभियोगमा सोमबार नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार, कोगा सहरमा बसोबास गर्ने र आफूलाई ‘पार्ट-टाइम’ कामदार बताउने साकुराईले गत जुन २९ का दिन आफ्नै घरमा ४२ वर्षीया ती महिलाको ओठ सियो र धागोले सिलाएर गम्भीर चोट पुर्‍याएकी थिइन् । पीडित महिला सन् २०२५ को अप्रिलदेखि साकुराईसँगै बस्दै आएकी थिइन् ।

ओठ सिलाइएको अवस्थामा रहेकी ती महिला भोलिपल्ट अर्थात् जुन ३० मा कुनै तरिकाले साकुराईको कैदबाट उम्किएर नजिकैको एउटा पसलमा पुगेकी थिइन् । उनले बोल्न नसक्ने भएकाले कागजको टुक्रामा ‘मलाई सहयोग गर्नुहोस्’ भनी लेखेर पसलका कर्मचारीलाई देखाएकी थिइन् । सो देखेपछि स्तब्ध भएका कर्मचारीले दिउँसो साढे १ बजेतिर तुरुन्तै प्रहरीलाई खबर गरेका थिए ।

पीडित महिलाले प्रहरीलाई दिएको बयानअनुसार, उनलाई लामो समयदेखि साकुराईले डर र त्रास देखाएर राखेकी थिइन्, जसका कारण उनी पहिले भाग्न सकेकी थिइनन् ।

प्रहरीले अभियुक्त साकुराईले आफ्नो अपराध स्वीकार गरे-नगरेको बारेमा हालसम्म केही खुलाएको छैन । यद्यपि, अनुसन्धानका क्रममा उक्त घरमा अन्य मानिसहरू पनि बस्ने गरेको र घटनाको समयमा उनीहरूको उपस्थिति हुन सक्ने आशंका गरिएको छ ।

साकुराईका एक ५४ वर्षीय चिनजानका व्यक्तिले बताएअनुसार, केही महिनाअघि उनले सो घरमा दुई-तीन जना अन्य महिला र एक किशोरलाई देखेका थिए । साकुराईसँगै पहिले काम गर्ने अर्की एक महिलाले भनिन्, ‘उनले आमाबुबासँग बिछोडिएका र कतै जाने ठाउँ नभएका युवतीहरूलाई आश्रय दिने र हेरचाह गर्ने गरेको सुनिन्थ्यो ।’

तपाईको प्रतिक्रिया