Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – जापानमा परिवारसँगै छुट्टी मनाउन आएका बेला रहस्यमय ढङ्गले बेपत्ता भएका २० वर्षीय एक अमेरिकी विद्यार्थी क्योटो सहरको बाहिरी पहाडी क्षेत्रमा मृत फेला परेका छन् । मृतक जेम्स हिगिनबोथमकी आमा नेन्सी हिगिनबोथमले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना छोराको शव फेला परेको पुष्टि गरेकी हुन् ।

अलाबामा राज्यका स्थायी बासिन्दा जेम्स अउबर्न विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनरत थिए । एक स्वयंसेवी खोजी तथा उद्धार टोलीले उनको शव पहाडी भेगमा फेला पारेको हो । जेम्सको मृत्युको वास्तविक कारण र अन्य विस्तृत विवरणहरू भने हालसम्म सार्वजनिक गरिएको छैन ।

जेम्सलाई अन्तिम पटक मे २९ का दिन क्योटोको एउटा रेल स्टेशनबाट बाहिरिँदै गरेको देखिएको थि यो। सोही रात उनको मोबाइल फोन ‘अफ’ भएको र लोकेसन ट्र्याकिङ सेवाहरू समेत बन्द गरिएको उनकी आमाले यसअघि रोयटर्सलाई बताएकी थिइन् । हराउनुअघि सम्म परिवारले ‘लाइफ ३६०’ एपमार्फत उनको चहलपहल निगरानी गरिरहेको थियो ।

जेम्सका आमाबुबाका अनुसार उनी स्टेशन नजिकैको हाइकिङ ट्रेलतर्फ जान खोजेका थिए । छोरालाई केही समय ‘एकान्त’ चाहिएको हुन सक्ने उनकी आमाको अनुमान थियो ।

हिगिनबोथम परिवार जेम्सका भाइको हाई स्कूल स्नातकको खुसीयाली मनाउन जापान भ्रमणमा आएको थियो । खुसीको माहोलमा आएको यो बज्रपातले परिवारलाई विक्षिप्त बनाएको छ । ‘हाम्रो परिवार यतिबेला मर्माहत छ,’ नेन्सीले लेखेकी छिन्, ‘हामीले भोगिरहेको यो पीडालाई शब्दमा बयान गर्न सकिँदैन ।’

जेम्स बेपत्ता भएलगत्तै जापानी अधिकारीहरूले करिब १०० जना प्रहरी अधिकारी, तालिम प्राप्त कुकुर र हेलिकप्टर परिचालन गरी तीन दिनसम्म व्यापक खोजी कार्य गरेका थिए । तर, सरकारी टोलीले उनको कुनै सुइँको पाउन सकेको थिएन। अन्ततः स्वयंसेवी टोलीको प्रयासमा उनको शव फेला परेको हो ।

तपाईको प्रतिक्रिया