Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानको उत्तरी टापु होक्काइडोको चितोसे सहरमा एक २१ वर्षीया युवतीको चक्कु प्रहार गरी हत्या गरिएको छ । हत्याको आरोपमा प्रहरीले बिहीबार २७ वर्षीय एक युवकलाई पक्राउ गरेको छ ।

मृतक युवतीको पहिचान २१ वर्षीया इन्डोनेसियाली नागरिक श्री राहायुको रूपमा गरिएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषित गरेका थिए । प्रहरीले हत्याको आशङ्कामा पक्राउ गरेका व्यक्ति पनि इन्डोनेसियाली नागरिक २७ वर्षीय महमुदी आगुङ लक्सना अजी हुन् । प्रहरीका अनुसार मृतक र अभियुक्त एकअर्काका परिचित थिए ।

घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिन खोज्दा एक प्रहरी अधिकारी घाइते भएका छन् । त्यसैगरी, मृतक युवतीका अर्का एक पुरुष साथीलाई पनि अभियुक्तले चोट पुर्‍याएको प्रहरीले जनाएको छ । अग्नि नियन्त्रण विभागका अनुसार, युवतीलाई चक्कु प्रहार गर्नुअघि वा पछि उनी अपार्टमेन्टको सिँढीबाट खसेको हुन सक्ने देखिएको छ ।

घटनास्थल नजिकै बस्ने ५० को दशककी एक महिलाले भनिन्, ‘मैले एक युवती सडकमा ढलिरहेको देखेँ । त्यसलगत्तै एम्बुलेन्स आयो र आपत्कालीन स्वास्थ्यकर्मीहरूले उनलाई बचाउन सिपिआर दिइरहेका थिए ।’ यो घटना जेआर चितोसे स्टेसनबाट करिब १.८ किलोमिटर उत्तर-पश्चिममा रहेको आवासीय क्षेत्रमा भएको हो ।

तपाईको प्रतिक्रिया