टोकियो – जापानमा कर्मथलो बनाउँदै आएका सुदूरपश्चिमेलीहरूको साझा संस्था ‘सुदूरपश्चिमेली नेपाली समाज जापान’को अध्यक्षमा पुनः विकास रोकाया चयन भएका छन् । टोकियोस्थित जाइकाको अन्तर्राष्ट्रिय सेमिनार हलमा आइतबार सम्पन्न आठौं अधिवेशनले रोकायाको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा दिनेश अधिकारी र महासचिवमा सुमितकुमार रोकाया निर्वाचित भएका छन् । त्यसैगरी, उपाध्यक्षहरूमा ईश्वर खड्का, सागर सिंह, किशोर सिंह, सविन शाही, करण खाती र सारिका खड्का चयन हुँदा महिला उपाध्यक्षको जिम्मेवारी सोनाली साउदले पाएकी छन् ।
अधिवेशनले सचिवमा साजन थापा र पूजा महतरा, कोषाध्यक्षमा नरेश भण्डारी तथा महिला कोषाध्यक्षमा कविता विष्टलाई चयन गरेको छ । यसैगरी, युवा विभागको संयोजकमा भावुकजंग शाही, उपसंयोजकमा सुवम शाह र सहसंयोजकहरूमा टेकेन्द्र चन्द, देवेन्द्र अधिकारी र नरेश खड्काले जिम्मेवारी पाएका छन् ।
कार्यसमिति सदस्यहरूमा अनिल सिंह, छत्र विष्ट, राजकुमार देवकोटा, नवराज विक, वीरबहादुर विष्ट, निकिता ऐडी, सूर्यप्रकाश उपाध्याय, घनश्याम कट्टेल, निर्मल खड्का, प्रकाशबहादुर शाही, लव देउवा, रविन्द्र सिंह धामी, नरेन्द्र खाती, राजेन्द्रकुमार रोकाया, सुवास खड्का, बलदेव लुहार, समीर विष्ट, सुरेन्द्रबहादुर साउद, अर्जुनबहादुर कार्की, राकेश मडाई र कृष भण्डारी चयन भएका छन् ।
अधिवेशनको उद्घाटन सत्रलाई सुदूरपश्चिमको मौलिक संस्कृतिले झकिझकाउ पारिएको थियो । सहभागी कलाकारहरूले देउडा गीत र नृत्यका साथै विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरेका थिए, जसले परदेशमा पनि गाउँघरकै झल्को दिएको थियो ।
आगामी दुई वर्षको कार्यकालका लागि निर्वाचित भएसँगै नवर्निवाचित अध्यक्ष रोकायाले जापानमा रहेका सुदूरपश्चिमेलीहरूको एकता र सद्भावलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘परदेशमा कोही नेपाली समस्यामा पर्दा उद्धार र मानवीय सहायता गर्नु हाम्रो प्राथमिक दायित्व हो,’ अध्यक्ष रोकायाले भने, ‘यसका साथै जापानमा नेपाल र विशेषगरी सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने तथा हाम्रा मौलिक चाडपर्व र कलासंस्कृतिको संरक्षणमा यो समितिले विशेष काम गर्नेछ ।’
स्थापनाकालदेखि नै यस समाजले जापानमा गौरा, भुवा (भस्वो), विसु जस्ता सुदूरपश्चिमका मौलिक पर्वहरू आयोजना गर्दै आएको छ । आपतविपतमा परेका नेपालीलाई सहयोग गर्नेदेखि सांस्कृतिक कार्यक्रमहरूमार्फत भाइचारा बढाउने काममा समाज सक्रिय रहँदै आएको नवनिर्वाचित महासचिव रोकायाले जानकारी दिए । अधिवेशनमा जापानमा रहेका सुदूरपश्चिमेलीहरुको बोक्लो उपथिति रहेको थियो स








