Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी दुईदिने औपचारिक भ्रमणका लागि भारत जान लागेका हुन् । स्रोतका अनुसार भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर कर विदेश सचिव विक्रम मिस्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का नेताहरूसँग पनि छलफल गर्ने बताइएको छ । यसअघि भारतले सत्तारुढ दलका नेताको हैसियतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि यस्तै प्रकारको औपचारिक भ्रमण गराएको थियो ।

नेपाल–भारत सम्बन्ध पछिल्लो समय सीमा विवादलगायत विषयका कारण चिसिएको अवस्थामा लामिछानेको भारत भ्रमणलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । भारतीय विदेशमन्त्री विक्रम मिस्रीको नेपाल भ्रमण स्थगित भएको र परराष्ट्रमन्त्री शिशिर खनालका दुई भ्रमण पनि रोकिएको बेला हुन लागेको यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया