Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौँ – अमेरिकाले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ प्राप्त गर्ने प्रक्रियामा नयाँ कडाइ लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार अब अस्थायी भिसामा अमेरिकामा बसिरहेका विदेशी नागरिकले ‘ग्रीन कार्ड’का लागि आवेदन दिन आफ्नै देश फर्किनुपर्ने भएको छ ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससिआईएस) ले सार्वजनिक गरेको नयाँ नीतिअनुसार अमेरिकाभित्रै बसेर बसाइँ स्थिति परिवर्तन गरी स्थायी बसोबास अनुमति लिन अब पाइने छैन । गृह सुरक्षा विभागले यस कदमले आप्रवासन कानुनलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने जनाएको छ । विभागका अनुसार यसले कानुनी कमजोरीको फाइदा उठाएर ‘ग्रीन कार्ड’ लिने प्रवृत्ति नियन्त्रण हुनेछ ।

साथै अन्य आप्रवासनसम्बन्धी आवेदन र मुद्दा छिटो टुंग्याउन पनि सहयोग पुग्ने विश्वास गरिएको छ । तर, आप्रवासी अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूले भने निर्णयको विरोध गरेका छन् । उनीहरूले हिंसा, बेचबिखन वा दुर्व्यवहारबाट पीडित व्यक्तिलाई पुनः जोखिमपूर्ण देश फर्कन बाध्य बनाइएको भन्दै चिन्ता व्यक्त गरेका छन् । यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आप्रवासन नीति कडा बनाउने अभियानअन्तर्गत आएको पछिल्लो कदम मानिएको छ ।

तपाईको प्रतिक्रिया