Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौँ – काठमाडौंको ठमेल क्षेत्रबाट ९ जना विदेशी नागरिक पक्राउ परेका छन्। सर्वसाधारण तथा पर्यटकलाई बाटोमा अनावश्यक दुःख दिने र अश्लील गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बुधबार उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा बंगलादेश, भियतनाम र युगाण्डाका महिला नागरिक रहेका छन्।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेल क्षेत्रमा निगरानी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार ती महिलाहरुले सर्वसाधारण पुरुषलाई बाटोमै रोक्ने, अश्लील व्यवहार गर्ने तथा मोलमोलाइजस्ता गतिविधि गर्दै हैरानी दिने गरेका थिए।

तपाईको प्रतिक्रिया