काठमाडौँ – सरकारले बकर ईद (ईद–उल–अज्हा) का अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै बिहीबार देशभर सार्वजनिक बिदा रहने जनाएको हो।
यसअघि सरकारले फागुन १८ गते राजपत्रमार्फत बकर ईदमा बिदा दिने निर्णय गरिसकेको थियो। मुस्लिम आयोगले जेठ १४ गते ईद पर्ने जानकारी दिएपछि सोही अनुसार बिदा कार्यान्वयन गरिएको हो।
त्यसको भोलिपल्ट जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा पनि सार्वजनिक बिदा रहेको छ। साथै शनिबार र आइतबार साप्ताहिक बिदा परेकाले जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन बिदा पर्ने भएको छ।








