Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौँ – अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले अब अस्वाभाविक रूपमा ठूलो बजेट ल्याएर कार्यान्वयन गर्न नसक्ने पुरानो अभ्यास अन्त्य गर्ने बताएका छन् । मंगलबार संघीय संसदको अर्थ समितिमा सांसदहरूसँग भएको छलफलमा उनले बजेटलाई वास्तविक आवश्यकताअनुसार बनाइने बताए ।

विगतमा ठूलो आकारको बजेट ल्याइए पनि खर्च हुन नसक्दा अर्थतन्त्रमा नकारात्मक असर परेको अर्थमन्त्री वाग्लेले बताए । उनले पुँजीगत खर्चसमेत लक्ष्यअनुसार हुन नसकेको उल्लेख गर्दै अब यथार्थपरक बजेटमा जोड दिइने बताएका छन्। उनले निजी क्षेत्रको लगानी बढाउन सरकारले उद्यममैत्री नीति ल्याउने जानकारी पनि दिए । उनले झन्झटिला १५ वटा पुराना कानुन हटाइएको र ‘ओम्निबस’ सुधार ऐन ल्याउने तयारी भइरहेको बताए ।

ठूला विकास आयोजना पूरा गर्न वैदेशिक सहयोग र राजस्व मात्र पर्याप्त नहुने भन्दै सरकारले ‘वैकल्पिक विकास वित्त विधेयक’ ल्याउने तयारी गरेको उनले बताए । आगामी वैशाख ३१ गते बजेटका सिद्धान्त र प्राथमिकता तथा जेठ १५ गते पूर्ण बजेट प्रस्तुत गरिनेछ ।

तपाईको प्रतिक्रिया