Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – सरकारले सरकारी कार्यालय तथा सार्वजनिक संस्थामा सरसफाइलाई व्यवस्थित बनाउन देशभर ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियान सुरु गरेको छ। अभियानको शुभारम्भ सोमबार वीर अस्पतालमा सरसफाइ कार्यक्रम गरेर सुरु गरिएको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले अभियानको सुरुवात गर्दै सरसफाइलाई केवल कार्यक्रम नभई दैनिक व्यवहारको हिस्सा बनाउनुपर्ने बताइन्। वीर अस्पताल देशकै पुरानो र सबैभन्दा बढी सेवाग्राही चाप रहेको अस्पताल भएकाले यहीँबाट सरसफाक्ष अभियान सञ्चालन गरेको पनि उनले जानकारी दिइन् ।

सरकारले सोमबारदेखि ८ जेठसम्म संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। अभियानअन्तर्गत कार्यालयका सूचना बोर्ड, नागरिक वडापत्र र सङ्केत चिह्नलाई स्पष्ट र व्यवस्थित बनाइनेछ। साथै, चर्किएका भित्ताको मर्मत, रङ्गरोगन तथा सेवा क्षेत्र र प्रवेशद्वार सफा र आकर्षक बनाउने काम पनि गरिने जनाइएको छ।

 

 

 

तपाईको प्रतिक्रिया