Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौँ – कुलमान घिसिङले सुकुमबासी र भूमिहीन नागरिकको समस्या दीर्घकालीन योजनामार्फत समाधान गर्न सरकारसँग आग्रह गरेका छन्। रौतहटको चन्द्रपुर–२ स्थित टेम्पुपार्कमा आयोजित कार्यक्रममा उनले वर्षौंदेखि समाधान हुन नसकेको सुकुमबासी समस्यालाई कानुनी र व्यवस्थित ढंगले टुंग्याउनुपर्ने बताएका हुन्।

उनले शिक्षा, स्वास्थ्य, आवास र खाद्य सुरक्षाजस्ता संविधानले सुनिश्चित गरेका मौलिक हक कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। ऐलानी तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका नागरिकको अवस्थालाई ध्यानमा राखेर स्थायी समाधान खोज्नुपर्ने उनको भनाइ थियो। यसअघि चन्द्रपुर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा ३५ दिनभित्र हटाउन सूचना जारी गरिसकेको छ।

जिल्लास्थित भूमि समस्या समाधान आयोगका अनुसार नगरपालिकाभित्र २ हजार ११९ भूमिहीन दलित, ४ हजार ८६६ भूमिहीन सुकुमबासी र ११ हजार ७९५ अव्यवस्थित बसोबासी परिवार रहेका छन्।

तपाईको प्रतिक्रिया