Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौँ – विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। रास्वपाले उनलाई पार्टीको शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिएको छ।

आज आइतवार बसेको पार्टी सचिवालय बैठकले पाण्डेलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि शिक्षा विभागको नेतृत्व सुमना श्रेष्ठ ले सम्हाल्दै आएकी थिइन्। उनले पार्टी छोडेपछि उक्त पद खाली रहेको थियो।

यस्तै, बैठकले डा. प्रभात अधिकारी लाई स्टार्टअप विभागको प्रमुखमा चयन गरेको छ। उनले यसअघि रास्वपाको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका थिए।

तपाईको प्रतिक्रिया