Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव र युद्ध चाँडै अन्त्य हुने बताएका छन्। रिपब्लिकन पार्टीका जर्जिया गभर्नर उम्मेदवार बर्ट जोन्सलाई समर्थन गर्न आयोजित कार्यक्रममा बोल्दै ट्रम्पले होर्मुज जलमार्ग र इरानको आणविक कार्यक्रमबारे सम्झौता गर्ने प्रयास भइरहेको जानकारी दिएका हुन्। उनले अधिकांश मानिसहरूले अमेरिकाले सही कदम चालेको बुझिरहेको पनि उल्लेख गरे।

अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार इरानले बिहीबार अमेरिकी प्रस्तावबारे आफ्नो धारणा मध्यस्थकर्तामार्फत सार्वजनिक गर्ने तयारी गरेको छ। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाई ले अमेरिकी प्रस्तावबारे पाकिस्तानका मध्यस्थकर्तासँग छलफल भइरहेको बताएका छन्। सीएनएनले दुवै देश युद्ध अन्त्यतर्फ सहमतिनजिक पुगेको दाबी गरेको छ। यद्यपि इरानले अमेरिकी प्रस्तावमाथि अझै अध्ययन गरिरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया