Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – केपी शर्मा ओलीले दोहोरो सुविधाअन्तर्गत प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन्। गृह मन्त्रालयले गाडी फिर्ता गर्न पत्र पठाएपछि उनले बा १३ च ६४३७ नम्बरको सवारी बुधबार सरकारलाई बुझाएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारीसाधनको विवरण माग गरेको थियो। पछिल्लो अध्ययनमा केही पूर्वपदाधिकारीहरूले कानुनले तोकेकोभन्दा बढी सुविधा लिएको वा विभिन्न निकायबाट दोहोरो सुविधा लिइरहेको भेटिएको बताइएको छ। सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षले प्रयोग गरिरहेका सुविधा विवरण गृह मन्त्रालयमार्फत संकलन गरिरहेको छ।

गृह मन्त्रालयबाट प्राप्त हुने विवरणका आधारमा मापदण्डभन्दा बढी सुविधा लिनेहरूको सवारी साधन फिर्ता गर्ने र प्रक्रियालाई थप व्यवस्थित बनाउने सरकारको तयारी छ।

तपाईको प्रतिक्रिया