Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार बहुमतको घमण्डमा चलिरहेको आरोप लगाएका छन्। सिंहदरबारमा सांसद प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधानको सीमा नाघ्ने प्रयास गरिरहेको बताए।

उनका अनुसार बहुमत भएको भन्दै जस्तोसुकै निर्णय गर्न पाइने सोच गलत हो। उनले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकार पनि यस्तै भ्रमका कारण आलोचित भएको स्मरण गराउँदै अहिलेको सरकारलाई पनि सचेत हुन आग्रह गरे। थापाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत प्रधानन्यायाधीश नियुक्तिमा हस्तक्षेप गर्न खोजिएको आरोप लगाए। उनले यसलाई कानुनसँग खेलवाड गर्दै आफ्ना मानिस नियुक्त गर्ने प्रयासको रूपमा व्याख्या गरे।

यसैबीच, काठमाडौंका नदी किनारमा रहेका बस्ती हटाउन गरिएको डोजर प्रयोगप्रति उनले कडा आपत्ति जनाए। नक्कली सुकुमबासीको पक्षमा नभए पनि राज्यले कठोर र अमानवीय व्यवहार गर्न नहुने उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया