Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – रूसले दोस्रो विश्वयुद्धको अन्त्यको ८१औँ वार्षिकोत्सवका अवसरमा युक्रेनमा दुई दिनका लागि युद्धविराम गर्ने घोषणा गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे ८ र ९ मा युद्ध रोक्ने निर्णय भएको बताएका छन्। रूसले सोभियत संघको विजय दिवसलाई सम्मान गर्दै युद्धविराम गरिएको उल्लेख गरेको छ। साथै, युक्रेनले पनि यस्तै कदम चाल्ने अपेक्षा गरिएको रूसी पक्षले जनाएको छ। तर, युद्धविरामको अवधिमा कुनै अवरोध वा आक्रमण भएमा कडा प्रतिक्रिया दिइने चेतावनी पनि दिइएको छ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले पनि मे ५–६ देखि लागू हुने छुट्टै युद्धविराम घोषणा गरेका छन्। उनले उक्त अवधिमा शान्ति र सुरक्षा कायम रहने बताएका छन्। रूसमा हरेक वर्ष मे ९ मा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झनामा ‘विजय दिवस’ मनाइन्छ।

तपाईको प्रतिक्रिया