Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानको प्रसिद्ध माउन्ट फुजीको फेदी यतिबेला गुलाबी रङ्गको एउटा विशाल र मनमोहक तन्नाले ढाकिएको छ । झण्डै ५ लाख ‘मश फ्लक्स’ प्रजातिका फूलहरू एकैसाथ फुलेपछि यो क्षेत्र एउटा सुन्दर प्राकृतिक बगैँचामा परिणत भएको हो ।

जापानी भाषामा यी फूलहरूलाई ‘शिबाजकुरा’ भनिन्छ, जसको शाब्दिक अर्थ ‘जमिनमा फुलेको चेरी ब्लसम’ भन्ने हुन्छ । फुजीकावागुचिको सहरमा गत अप्रिल ११ देखि ‘फुजी शिबाजकुरा फेस्टिभल’ सुरु भएको छ । हिउँले ढाकिएको माउन्ट फुजीको नीलो र सेतो पृष्ठभूमि र जमिनमा फुलेका चम्किला गुलाबी फूलहरूको अद्भुत सङ्गम हेर्न यतिबेला आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लागेको छ ।

टोकियोबाट यो दृश्य अवलोकन गर्न आएकी एक पर्यटकले भनिन्, ‘हिमाल र फूलको यो सुन्दर कन्ट्रास्ट देखेर म स्तब्ध भएँ । यो दृश्य साँच्चै नै जादुमयी छ ।’

महोत्सवका प्रबन्धकका अनुसार आगन्तुकहरूका लागि यसपटक विशेष फोटो खिच्ने ठाउँको व्यवस्था गरिएको छ । फूलहरूको बीचमा एउटा सानो डुङ्गा राखिएको छ, जहाँ बसेर फोटो खिच्दा मानिसहरू फूलको सागरमा तैरिरहेको वा डुङ्गा खियाइरहेको जस्तो देखिन्छन् ।

महोत्सवका आयोजकहरूले पर्यटकहरूलाई हिमाल र फूलको यस सुन्दर अन्तर्क्रियाको आनन्द लिन र आफ्ना सम्झनाहरू तस्बिरमा कैद गर्न आग्रह गरेका छन् । वसन्त ऋतुको यो समयमा माउन्ट फुजी वरपरको यो दृश्य जापानकै उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये एक मानिन्छ ।

तपाईको प्रतिक्रिया