Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – सन् २०२६ को अप्रिल महिनामा नेपालमा १ लाख ७ हजार ९३४ विदेशी पर्यटक आएका छन्। नेपाल पर्यटन बोर्ड ले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको सोही अवधिको तुलनामा कम हो। गत वर्ष अप्रिलमा १ लाख १६ हजार ४९० पर्यटक नेपाल आएका थिए। यस वर्ष भने पश्चिम एसियामा जारी द्वन्द्वका कारण पर्यटक आगमन घटेको बोर्डले जनाएको छ।

तथ्यांकअनुसार सबैभन्दा धेरै पर्यटक दक्षिण एसिया (सार्क) क्षेत्रबाट आएका छन्, जसको संख्या ३३ हजार ४३२ छ। देशगत रूपमा हेर्दा भारत बाट १५ हजार १९६ पर्यटक आएर पहिलो स्थानमा रहेको छ भने चीन बाट ११ हजार ७२२ पर्यटक आएर दोस्रो स्थानमा रहेको छ।

पर्यटन क्षेत्र पुनः लयमा फर्किने अपेक्षा गरिए पनि अन्तर्राष्ट्रिय परिस्थितिले आगमनमा असर पारेको देखिएको छ।

 

 

तपाईको प्रतिक्रिया