टोकियो – वैदेशिक रोजगारीका लागि संसारका विभिन्न देशमा जाने क्रममा जापानमा पनि नेपालीहरु आउने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । जापान आउने नेपालीहरुको संख्यामा आएको बृद्धिसंगै यहाँ नेपालीहरुले झेल्नुपर्ने समस्याहरु पनि क्रमशः बढ्दै गएको पाईन्छ । नेपालीहरुले झेल्नुपर्ने समस्याहरुलाई हेर्दा बिशेषगरी भाषा र रोजगारी मुख्यरुपमा देखिन्छन् । नेपालीहरुका लागि रोजगारी र भाषाको समस्यालाई ध्यानमा राख्दै आफ्नो सेवा सञ्चालन गर्दै आएको एउटा प्रतिष्ठित जापानी कम्पनीको नाम हो- के-लाइन ।
के-लाइन आफ्नो स्थापना कालदेखिनै जापानमा बस्ने बिदेशीहरुलाई रोजगारी उपलब्ध गराउँदै आएको कम्पनी हो । सुरुका दिनहरुमा यसले जापानमा रहेका ब्राजिलियनहरुलाई रोजगारी उपलब्ध गराउँदै आएको थियो भने पछिल्ला दिनहरुमा नेपालीहरुका लागि काम र भाषाको समस्यालाई मध्यनजर राख्दै रोजगारीको सेवा उपलब्ध गराउँदै आएको छ । हाल ४ सय जनाभन्दा बढी नेपालीहरुलाई जापानको विभिन्न सहरमा काम उपलब्ध गराउँदै आएको के-लाइन संभवत जापानको नेपाली भाषा अनुवादक सुविधा भएको छिटो र सहज ढंगले रोजगारी प्रदायक पहिलो कम्पनी हो ।
टोकियो, कानागावा, चिवा, गुन्मा, आइची, मिय लगायतका सहरमा के-लाइनले आफ्नो सेवा बिस्तार गरेको छ । आफ्नो पायक पर्ने स्थानमा सम्बन्धित ठाउँको कार्यालयमा सम्पर्क गरी सम्बन्धित क्षेत्रका नेपाली प्रतिनिधिले रोजगारीका बारेमा जानकारी गराउने यस कम्पनीको प्रावधान रहेको छ । के-लाइनले धेरै भन्दा धेरै नेपालीहरुलाई काम गर्न सजिलो र सहज वातावरण निर्माण गर्न नेपाली भाषानुवादकको पनि ब्यवस्था गरेको छ । जापानमा रहेका नेपालीहरुले भाषाको समस्या भोग्न नपरोस् भन्ने हेतुले के-लाइन अन्तर्गत हाल २२ जना नेपाली जापानी भाषानुवादकहरु स्थायी कर्मचारीकारुपमा कार्यरत रहेका छन् ।
१. यस कम्पनीमा आफ्नै देशका सिनियर नेपाली कर्मचारीहरू कार्यरत रहेकोले नवप्रवेशीहरुका लागि पनि ढुक्कसंग काम गर्ने वातावरण उपलब्ध छ । हाल यस कम्पनीमा २२ जना नेपालीहरु स्थायी कर्मचारीकारुपमा कार्यरत हुनुहुन्छ । कम्पनीमा कार्यरत आरुबाइतो तथा पार्टटाइम कर्मचारीहरुलाई भाषानुवाद गरी सहजीकरण गर्ने उहाँहरुको मुख्य काम रहेको छ ।
२. कार्यक्षमतामा आधारित अरिरिक्त तलब सुविधाः कार्यरत कर्मचारीहरुले निर्धारित तलव स्केल बाहेक कार्यसम्पादन, योगदान र पर्फमेन्सको आधारमा अतिरिक्त तलव सुविधा पाउनेछन् । कम्पनीमा कार्यरत पार्टटाइम तथा आरुबाइतो कर्मचारीहरुसंग प्रभावकारी संवादशैली, उत्कृष्ट नेतृत्वदायी भूमिका निर्बाह गर्ने स्थायी कर्मचारीको उचित मुल्याङ्कन गरी तलव स्केल बृद्धि हुने छ । यस कम्पनीमा कडा मिहिनेत गरेको आधारमा मात्र तलब बढ्ने नभई, कार्यसम्पादनमा उत्कृष्टता प्रदर्शन गरेको र कार्यक्षमतामा अब्बल साबित गरेको आधार र उपलब्धि अनुसार पारिश्रमिक पनि प्राप्त गर्न सकिने ब्यवस्था छ । कम्पनीको योजनामा स्पष्ट उल्लेख नभएता पनि विशेष अवसरहरुमा सवारी चालक अनुमति पत्र बाहक र जेएलपिटी भाषा परीक्षामा ‘एन वान’ उत्तीर्ण कर्मचारीहरुका लागि प्रोत्साहन स्वरुप विशेष बोनस सुबिधा पनि उपलब्ध छ ।
३. कामको समयमा कर्मचारीहरुले आफ्नो केशको उचित ब्यवस्थापन गर्नुपर्दछ । हाल कम्पनीमा कार्यरत २२ जना नेपाली कर्मचारीहरूमध्य २ जनाले स्थायी अनुमति (एइज्युकेन) प्राप्त गरेका छन् भने २ जनाको आवेदन प्रक्रिया जारी छ । यसैगरी १ जनाले जापानी नागरिकता प्राप्त गरिसकेका छन् भने १० जनाले आफ्ना जीवनसाथीलाई जापान ल्याई सँगै बसोबास गरिरहेका छन् ।
कम्पनीले हरेक वर्ष नवप्रवेशी कर्मचारीहरुलाई विशेष प्रकारको अभिमुखीकरण तालीम दिदैं आईरहेको छ । जसअनुसार यस वर्ष पनि छनौट भएका नवप्रवेशी ६ जना नेपाली स्थायी कर्मचारीहरुलाई अभिमुखीकरण तालीम दिईएको छ । तालीममा उनीहरुलाई कम्पनीको जिम्मेवार स्थायी कर्मचारीका हैसियतले पालना गर्नुपर्ने आधारभुत नियम, भाषा एवं संवादशैली, सेवाग्राहीसंगको टेलिफोन संवाद, इमेल आदानप्रदान र बैठकको संयोजन कसरी गर्ने जस्ता महत्वपूर्ण विषयमा प्रशिक्षण दिईएको थियो । सो अवसरमा कम्पनीका वरिष्ठ अधिकारीहरुले नवप्रवेशी
कर्मचारीहरुलाई दैनिक कार्यसम्पादनको टिपोट एवं रिपोर्ट, कम्पनीभित्र र बाहिर प्रयोग गरिने सम्मानजनक र अति सम्मानजनक भाषाहरुको प्रयोग र ब्यवहार, अनुशासित र समयनिष्ठ जीवनशैली अपनाउन ध्यान दिनुपर्ने विषयहरुका बारेमा प्रशिक्षण दिएका थिए । यसैगरी सिनियर नेपाली कर्मचारीहरुले कम्पनीको काम सम्बन्धि आ-आफ्ना अनुभव आदान-प्रदान गरेका थिए ।
कम्पनीका अधिकारीहरुका साथै सिनियर नेपाली कर्मचारीहरुको सहयोगी भावना र मैत्रिपूर्ण सद्भावले गर्दा यस कम्पनीमा काम गर्ने वातावरण सौहाद्रपूर्ण रहेको यहाँ कार्यरत नेपालीहरु बताउँछन् ।
कम्पनीका कार्यकारी प्रमुख फुतागुची मासाखाजुका अनुसार के-लाइनको भावी कार्ययोजना भनेको जापानमा रहेका नेपालीहरुसंग सहकार्य गर्दै उनीहरुका लागि थप कार्यक्षेत्र बिस्तार गर्दै जाने रहेको छ । ‘तर्सथ नेपालबाट आउनुभएका जो कोही नेपालीहरु जापानमा कामको समस्या छ भने निसंकोच हामीलाई सम्पर्क गर्नुहोला ।’ – फुतागुचीले भन्नुभयो – ‘भाषा, योग्यता र काम गर्ने इच्छाशक्ति छ भने जापानमा रोजगारीका लागि हामी भरपर्दो सारथी बन्न तत्पर छौं ।’ ***








