समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक तर्फको मतगणना अझै जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म ७५ लाख ९१ हजार १३ मत गणना भइसकेको छ। पछिल्लो नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि रहेको छ। रास्वपाले ३६ लाख ७८ हजार ५५३ मत पाएको छ, जुन कूल सदर मतको ४८.४६ प्रतिशत हो।
दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले हालसम्म १२ लाख ४० हजार १८१ मत प्राप्त गरेको छ, जुन कूल मतको १६.१३ प्रतिशत हो। तेस्रो स्थानमा नेकपा एमाले रहेको छ। एमालेले १० लाख ४९ हजार ८७५ मत पाएको छ, जसले १३.८३ प्रतिशत हिस्सा ओगटेको छ। यस्तै चौथो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले ५ लाख ३९ हजार ५२९ मत पाएको छ। यो कूल मतको ७.११ प्रतिशत हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५९ हजार ५८ मत प्राप्त गरेको छ, जुन ३.४१ प्रतिशत हो। श्रम संस्कृति पार्टीले पनि २ लाख ४१ हजार १६५ मत पाउँदै ३.१८ प्रतिशत मत प्राप्त गरेको छ। समानुपातिक तर्फको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ।








