Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनाइएको आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो। आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार अध्ययनपछि तयार गरिएको प्रतिवेदन सरकारलाई बुझाइएको हो।

सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे सत्यतथ्य पत्ता लगाउन असोज ५ गते उक्त आयोग गठन गरेको थियो। आयोगले भदौ २३ मा काठमाडौँको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएको घटनासहितका विषयमा अनुसन्धान गरेको थियो। छानबिनका क्रममा आयोगले १५० भन्दा बढी सरकारी अधिकारी तथा आन्दोलन प्रत्यक्ष देखेका व्यक्तिहरूसँग बयान लिएको जनाएको छ।

जेनजी आन्दोलन भएको बेला केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो। त्यतिबेला गृह मन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका थिए।

तपाईको प्रतिक्रिया