समाचार सुन्नुहोस :
काठमाडौँ – सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साम्पाङले आफ्नी निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङलाई ८ हजार ४९२ मतले पराजित गरेका हुन्।
साम्पाङले कुल ३५ हजार ७४१ मत प्राप्त गर्दै जीत हासिल गरेका छन्। उनका प्रतिद्वन्द्वी तामाङले भने २७ हजार २४९ मत पाएकी छन्। यससँगै सुनसरी–१ बाट हर्क साम्पाङ प्रतिनिधिसभामा निर्वाचित भएका छन्।








