Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०८२ को प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमततर्फ अघि बढेको छ । हालसम्मको मतपरिणामअनुसार रास्वपाले प्रत्यक्षतर्फका १६५ क्षेत्रमध्ये १०८ सिटमा विजय हासिल गरिसकेको छ भने १८ स्थानमा अग्रता कायम राखेको छ । यससँगै रास्वपाले मुलुकमा एकल सरकार निर्माण गर्ने बलियो सम्भावना देखाएको छ ।

विघटित प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा रहेको रास्वपाले यसपटक पुराना र स्थापित दलहरूलाई निकै पछाडि छाडेको छ । अहिलेसम्मको नतिजामा नेपाली कांग्रेस १५, नेकपा एमाले ७ र नेपाली कम्युनिस्ट पार्टी ६ सिटमा खुम्चिएका छन् । त्यस्तै राप्रपा, श्रम संस्कृति र स्वतन्त्र उम्मेदवारले १/१ सिटमा जित निकालेका छन् ।

यस निर्वाचनको सबैभन्दा चर्चाको केन्द्रमा रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले भारी मतान्तरले विजय प्राप्त गरेका छन् । २०४८ सालदेखि अपराजित रहँदै आएका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बालेनले ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन् ।

काठमाडौं महानगरपालिकाको मेयर पद त्यागेर प्रतिनिधिसभाको चुनावी मैदानमा उत्रिएका बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले मात्र १८ हजार ७३४ मतमा चित्त बुझाउनुपरेको छ । झापामा ओलीको ‘सदाबहार’ विरासत तोडिनुलाई नेपाली राजनीतिको ठूलो फेरबदलका रूपमा हेरिएको छ ।

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व
प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फको मतगणनामा पनि रास्वपाले नै अग्रता लिइरहेको छ । रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिएको थियो, जसलाई आम मतदाताले उत्साहपूर्ण समर्थन दिएको देखिएको छ । प्रत्यक्षतर्फको गणना सकिएका स्थानहरूमा समानुपातिकको गणना तीव्र गतिमा अघि बढिरहेको निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया