Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले ऐतिहासिक जित दर्ता गरेका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई ५० हजार ३७९ को फराकिलो मतान्तरले पराजित गर्दै नेपालको संसदीय निर्वाचन इतिहासमै नयाँ कीर्तिमान कायम गरेका हुन् ।

विजयी थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरूङले ८ हजार ४३५ मत मात्र पाए । त्यस्तै, नेकपा एमालेका बासुदेव घिमिरे ८ हजार २७५ मतका साथ तेस्रो र राप्रपाका गौरब बोहरा ७ हजार ७८९ मतसहित चौथो स्थानमा रहे । यस क्षेत्रका अन्य कुनै पनि उम्मेदवारले १० हजार मत कटाउन सकेनन् ।

रुपन्देहीका कुल ५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले तीनवटामा जित हासिल गरिसकेको छ । बाँकी रहेका क्षेत्र नं. १ र ५ मा पनि सोही पार्टीका उम्मेदवारहरू फराकिलो अग्रताका साथ जिततर्फ उन्मुख रहेका छन् । जिल्लाभर रास्वपाको पक्षमा देखिएको यो नतिजाले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ ।

तपाईको प्रतिक्रिया