Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – चितवन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकसँग गरिएका बाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन कार्यालयबाट विजयी भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले इतिहासले आफूहरूलाई ठूलो जिम्मेवारी दिएको भन्दै सम्हालिएर अघि बढ्ने बताएका हुन् ।

जनताको अपेक्षाअनुसार काम गर्न नसके आफूहरूको अवस्था पनि अरू दलकै जस्तो हुने भन्दै उनले सचेत रहेको उल्लेख गरे । ‘आगामी बाटो सजिलो छैन, तर हामी नमात्तिई र नआत्तिई सुझबुझका साथ अघि बढ्छौँ,’ उनले भने ।

उनले फरक मत राख्नेलाई सम्मान गर्ने र कसैलाई पनि नखेद्ने स्पष्ट पारे । ५४ हजार ४०२ मतका साथ विजयी भएका लामिछानेले आफ्ना कार्यकर्तालाई कसैप्रति अभद्र व्यवहार नगर्न र सधैँ विनम्र रहन आग्रह गरे । सबै पक्षलाई समेटेर जनचाहनाअनुसार संवाद र सहकार्यमार्फत अगाडि बढ्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया