Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मनाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्। उनले कुल २ हजार ४१५ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार यशोदा सुवेदीले ४४६ मत पाएकी छन्।

निर्वाचनमा विजयी भए पनि गुरुङले भने सांसदको शपथ लिन नपाउने स्थिति देखिएको छ। भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा दिने प्रक्रियामा अनियमितता गरेको ठहर गर्दै विशेष अदालतले उनलाई भ्रष्टाचारको मतियार ठहर गरेको थियो।

२०७९ फागुन १५ गतेको फैसलाअनुसार अदालतले गुरुङबाट १ करोड २१ लाख रुपैयाँ असुल गर्नुपर्ने निर्णय सुनाएको थियो। सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ। यस कारण कानुनी प्रक्रिया टुंगो नलागेसम्म गुरुङले सांसदको शपथ लिन नपाउने अवस्था बनेको हो।

तपाईको प्रतिक्रिया