Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्। उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई उल्लेख्य मतान्तरले पराजित गरेका हुन्। शुक्रबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी घिसिङले ११ हजार १७१ मत पाएका छन्। यससँगै पाण्डे ७ हजार ५८६ मतको अन्तरले निर्वाचित भएका हुन्।

परिणाम सार्वजनिक भएपछि घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै विजयी पाण्डेलाई बधाई दिएका छन् र सफल कार्यकालको कामना गरेका छन्। त्यस्तै उनले यो हारले उनलाई फरक नपर्ने र उज्यालो नेपालको यात्रा नरोकिने बताएका छन्।

घिसिङले आफूलाई मत दिने मतदाताप्रति आभार व्यक्त गर्दै सुशासन, समृद्धि र उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा अझ सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। साथै, नेता–कार्यकर्ता र समर्थकलाई धन्यवाद दिँदै जनताको विश्वास नै आफ्नो प्रेरणाको स्रोत भएको उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया