Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानले विदेशी सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लाई जापानी अनुमति पत्रमा रूपान्तरण गर्ने नियममा कडाइ गरेपछि उत्तीर्ण हुनेको संख्यामा उल्लेख्य गिरावट आएको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार गत अक्टोबरदेखि लागू गरिएको नयाँ प्रावधानका कारण उत्तीर्ण दर घटेको हो ।

विदेशी लाइसेन्सवाहकले जापानी ट्राफिक नियम राम्रोसँग नबुझेको गुनासो बढेपछि नियम परिमार्जन गरिएको हो । नयाँ व्यवस्थाअनुसार लिखित परीक्षामा प्रश्नहरूको संख्या १० बाट बढाएर ५० पुर्‍याइएको छ, जसमा उत्तीर्ण हुन कम्तीमा ९० प्रतिशत अंक ल्याउनु अनिवार्य गरिएको छ । यसका साथै प्रयोगात्मक परीक्षामा पैदल यात्रीलाई प्राथमिकता दिने र रेलमार्ग क्रसिङका सुरक्षा नियमहरूको पालनामा थप कडाइ गरिएको छ ।

प्रहरी तथ्याङ्कअनुसार सन् २०२४ मा लिखित परीक्षाको उत्तीर्ण दर ९३ प्रतिशत रहेकोमा सन् २०२५ को अन्तिम त्रैमासिकमा यो घटेर ४३ प्रतिशतमा सीमित भएको छ । त्यसैगरी, प्रयोगात्मक (ट्रायल) परीक्षाको उत्तीर्ण दर पनि ३० प्रतिशतबाट झरेर १३ प्रतिशतमा पुगेको छ ।

नयाँ नियमसँगै अब पर्यटक वा छोटो अवधिका लागि जापान भ्रमणमा जाने विदेशीहरूले आफ्नो लाइसेन्स रूपान्तरण गर्न पाउने छैनन् । विदेशी चालकहरूमा जापानी सक र ट्राफिक नियमको पूर्ण ज्ञान सुनिश्चित गर्न यो कदम चालिएको प्रहरी एजेन्सीले जनाएको छ । सन् २०२४ मा मात्रै करिब ६८ हजार विदेशीले यो प्रणालीमार्फत जापानी लाइसेन्स प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया