Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि इजरेलले गरेको सैन्य हमलामा अमेरिका पनि प्रत्यक्ष रूपमा सामेल भएको पुष्टि गरेका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक भिडिओ सन्देश जारी गर्दै उनले इरानमाथि ‘महत्त्वपूर्ण युद्ध कारबाही’ सुरु भएको घोषणा गरेका हुन् ।

आठ मिनेट लामो भिडिओमा राष्ट्रपति ट्रम्पले इरानसँगको कूटनीतिक प्रयास सफल हुन नसकेपछि सैन्य कदम चाल्नुपरेको उल्लेख गरे । उनले भने, ‘अमेरिकाले बारम्बार सहमति गर्न खोजेको थियो, हामीले निकै प्रयास गर्‍यौँ । अब हामी उनीहरूको क्षेप्यास्त्र र क्षेप्यास्त्र उद्योग पूर्ण रूपमा ध्वस्त पारिदिन्छौँ ।’

यसअघि अमेरिकी सञ्चारमाध्यम सीएनएन र इजरेलको वाइनेट न्यूजले दुई देशबीचको समन्वयमा इरानमाथि आक्रमण भएको दाबी गरेका थिए । ट्रम्पको पछिल्लो अभिव्यक्तिले उक्त दाबीलाई आधिकारिक रूपमा पुष्टि गरेको छ ।

इरानका विभिन्न सहरमा भीषण विस्फोट

हमलाका कारण इरानको राजधानी तेहरानसहितका प्रमुख सहरहरू त्रसित बनेका छन् । इरानी समाचार संस्था फार्सका अनुसार इस्फाहान, कोम, कराज र केर्मानशाहमा ठूला विस्फोटका आवाज सुनिएका छन् । राजधानी तेहरानको युनिभर्सिटी स्ट्रीट र रिपब्लिक इलाकामा कैयन् क्षेप्यास्त्रहरू प्रहार भएको र सहरको मध्य भागमा धूवाँको मुस्लो देखिएको इस्लामिक रिपब्लिक न्यूज एजेन्सीले जनाएको छ ।

इजरेलको प्रतिरक्षा र हवाई क्षेत्र बन्द

इजरेली सेना (आईडिएफ) ले इरानले इजरेलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको प्रतिकार स्वरूप कारबाही थालिएको बताए । इरानी आक्रमणको पहिचान हुनासाथ इजरेलभर चेतावनीका साइरनहरू बजाइएको थियो । इजरेली हवाई सेनाले इरानी क्षेप्यास्त्रहरू आकाशमै नष्ट गर्ने र अन्य खतराहरूमाथि प्रहार गर्ने कार्यलाई तीव्रता दिएको बताए ।

युद्ध चर्किएसँगै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर इजरेलले आफ्नो हवाई क्षेत्र नागरिक उडानका लागि पूर्ण रूपमा बन्द गरेको छ । यता इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरसँग आबद्ध तस्नीम न्यूज एजेन्सीले पनि इरानी हवाई क्षेत्रमा उडान निषेध गरिएको जानकारी दिएको छ । दुई देशबीचको तनावले पश्चिम एसियामा पूर्णकालीन युद्धको जोखिम बढाएको छ ।

तपाईको प्रतिक्रिया