Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानी सम्राट नारुहितोले आफ्नो ६६औँ जन्मोत्सवको अवसरमा विगतका प्राकृतिक विपद्‌बाट प्रभावित नागरिकहरूप्रति विशेष सहानुभूति र ऐक्यबद्धता प्रकट गरेका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा सम्राटले विपद् प्रभावित क्षेत्रका जनताको घाउ अझै पूर्ण रूपमा निको नभएको उल्लेख गर्दै उनीहरूको पुनस्र्थापनाका लागि निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उत्तरपूर्वी जापानको विनाशकारी भूकम्पको १५औँ र कुमामोतो भूकम्पको १०औँ स्मृति वर्षको सन्दर्भमा सम्राटले यसै वर्ष इवाते, मियागी, फुकुशिमा र कुमामोतो प्रान्तहरूको भ्रमण गर्ने योजना बनाएका छन् ।‘समय बिते पनि विपद्‌को प्रभाव मानिसहरूमा फरक-फरक रहने र यसलाई वर्षको संख्याले मात्र मापन गर्न नसकिने’ भन्दै उन भावी पुस्तालाई विपद्‌का पाठहरू सिकाउनुपर्ने र सम्भावित ठूला भूकम्पको पूर्वतयारीमा जुट्नुपर्नेमा जोड दिए ।

पारिवारिक सन्दर्भमा सम्राटले महारानी मासाकोको स्वास्थ्यप्रति संवेदनशीलता देखाउँदै सार्वजनिक कार्यमा उहाँको सक्रियताको प्रशंसा गरे । साथै, राजकुमारी आइकोले विपद् प्रभावित जनताको भावना बुझ्नुपर्ने र राजकुमार हिसाहितोले अनुभवहरूबाट पाठ सिक्दै व्यक्तित्व विकास गर्नुपर्ने धारणा राखेका थिए ।दोस्रो विश्वयुद्धको अन्त्य भएको ८०औँ वर्षका अवसरमा युद्ध पीडितहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्राटले शान्तिको महत्वमा जोड दिए । मिलान कोर्टिना शीतकालीन ओलम्पिकमा जापानी खेलाडीहरूले प्रदर्शन गरेको साहस र मेहनतले सम्पूर्ण देशलाई हौसला दिएको भन्दै उनले खेलाडीहरूको प्रशंसा समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया