Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो – जापानको प्रसिद्ध पर्यटकीय स्थल तथा सबैभन्दा अग्लो प्रसारण टावर ‘टोकियो स्काईट्री’ को लिफ्टमा आइतबार राति २० जना यात्रु करिब ५ घण्टासम्म थुनिएका छन् । प्राविधिक समस्याका कारण लिफ्ट बीचैमा रोकिएपछि बालबालिकासहितका पर्यटकहरू अलपत्र परेका थिए ।

प्रहरीका अनुसार आइतबार राति ८:१५ बजे जमिनबाट करिब ३० मिटरको उचाइमा लिफ्ट अचानक रोकिएको थियो । सो लिफ्ट ३५० मिटरको उचाइमा रहेको अवलोकन क्षेत्रबाट तल झर्दै गर्दा दुर्घटनामा परेको हो । घटना लगत्तै अन्य लिफ्टहरू पनि सुरक्षाका लागि रोकिएपछि अवलोकन क्षेत्रमा रहेका करिब १,२०० पर्यटकहरू केही समयका लागि माथि नै रोकिएका थिए ।

उद्धार टोलीले अड्किएको लिफ्टको छेउमा अर्को लिफ्ट ल्याई आपतकालीन ढोकाबाट ‘स्टेनलेस प्यानल’ को पुल बनाएर यात्रुहरूलाई सुरक्षित बाहिर निकालेका थिए । सोमबार बिहान २ बजे मात्र उद्धार कार्य सकिएको थियो । घटनामा कसैलाई पनि चोटपटक नलागेको सञ्चालक कम्पनी ‘तोबु टावर स्काईट्री’ ले जनाएको छ ।

सञ्चालकले घटनाप्रति माफी माग्दै विस्तृत सुरक्षा जाँचका लागि सोमबार टावर पूर्ण रूपमा बन्द रहने जानकारी दिएको छ । ‘हामी लिफ्टमा आएको खराबीको कारणबारे अनुसन्धान गरिरहेका छौँ र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउनेछौँ,’ कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया