Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)ले आम निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेसँगै सानाय ताकाइची बुधबार जापानको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएकी छन् । फेब्रुअरी ८ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि बसेको संसदको विशेष अधिवेशनले उनलाई बहुमतका साथ चयन गरेको हो ।

संवैधानिक व्यवस्थाअनुसार निर्वाचनपछि ताकाइचीको पुरानो मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको थियो । लगत्तै संसद्को तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा भएको मतदानमा उनले ३५४ मत प्राप्त गरिन् । विपक्षी दलको बाहुल्यता रहेको माथिल्लो सदन (हाउस अफ काउन्सिलर्स) मा भने उनले रनअफ मतदानमार्फत मुख्य विपक्षी नेता जुन्या ओगावालाई पराजित गरेकी हुन् ।

नीतिगत निरन्तरताका लागि प्रधानमन्त्री ताकाइचीले आफ्नो नयाँ मन्त्रिपरिषद्मा पुरानै मन्त्रीहरूलाई दोहोर्‍याएकी छन् । मुख्य मन्त्रिपरिषद् सचिव मिनोरु किहाराका अनुसार विदेश मन्त्री तोशिमित्सु मोटेगी, अर्थ मन्त्री सात्सुकी कातायामा र रक्षा मन्त्री शिन्जिरो कोइजुमीले आ-आफ्नो पदमा निरन्तरता पाउनेछन् ।

नयाँ कार्यकालको सुरुवातसँगै ताकाइचीले ुजिम्मेवार तर आक्रामकु वित्तीय नीति अवलम्बन गर्ने घोषणा गरेकी छन् । उनले बढ्दो महँगीलाई ध्यानमा राख्दै खाद्य सामग्रीमा लगाइँदै आएको उपभोग करलाई दुई वर्षका लागि स्थगित गर्ने योजना अघि सारेकी छन् ।

रक्षा र सुरक्षा मामिलामा कडा धार राख्ने ताकाइचीले जापानको शान्तिवादी संविधान संशोधन गर्ने र देशको रक्षा क्षमतालाई सुदृढ बनाउने आफ्नो संकल्प दोहोर्‍याइन् । उनको सरकारले गुप्तचरी क्षमता बढाउन ुराष्ट्रिय गुप्तचर समितिु गठन गर्ने र जासुसी विरोधी कडा कानुन ल्याउने तयारी गरेको छ ।

राजनीतिक परिदृश्यमा आएको फेरबदल
हालैको निर्वाचनमा एलडिपीले ४६५ सदस्यीय तल्लो सदनमा रेकर्ड ३१६ सिट जित्दै ‘सुपर बहुमत’ प्राप्त गरेको छ । यो जितसँगै एलडिपी र जापान इनोभेसन पार्टी (जेआइपी) को गठबन्धन थप शक्तिशाली बनेको छ । अर्कोतर्फ, प्रमुख विपक्षी दल सेन्ट्रिस्ट रिफर्म एलायन्स (सीआरए) भने निकै खुम्चिएको छ ।

तपाईको प्रतिक्रिया