Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – चिनियाँ चन्द्र नववर्ष (लुनार न्यू इयर) को अवसरमा यस वर्ष जापान भ्रमण गर्ने चिनियाँ पर्यटकहरूको संख्यामा उल्लेख्य गिरावट आएको छ । टोकियो र बेइजिङबीचको चिसिँदो कूटनीतिक सम्बन्धका कारण चिनियाँ पर्यटकहरूले जापानको साटो अन्य देशलाई आफ्नो गन्तव्य बनाउन थालेका हुन् ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार यस बिदाको सिजनमा चिनियाँहरूले करिब ९ अर्ब ५० करोड पटक आन्तरिक तथा बाह्य यात्रा गर्ने अनुमान गरिए पनि प्रमुख १० पर्यटकीय गन्तव्यको सूचीमा जापान पर्न सफल भएन । जापानको साटो दक्षिण कोरिया चिनियाँ पर्यटकहरूको प्रमुख रोजाइमा देखिएको छ ।

चिनियाँ पर्यटकको संख्या घटेसँगै जापानका व्यवसायीहरूले आफ्नो व्यापारिक रणनीति परिवर्तन गर्न थालेका छन् । विगतमा चिनियाँ ग्राहकले भरिभराउ हुने टोकियोको ‘गिन्जा’ क्षेत्रका महँगा ब्रान्डेड पसलहरूले अहिले अन्य देशका पर्यटकलाई लक्षित गरी सामानहरू राख्न थालेका छन् । त्यस्तै, महँगो ‘कोबे बीफ’ खुवाउने रेस्टुरेन्टहरूले पनि चिनियाँ पर्यटकको अभावमा स्थानीय ग्राहक तान्न सस्तो ‘मेनु’ सार्वजनिक गरेका छन् ।

यता, जापान जान नपाएका चिनियाँहरूका लागि चीनभित्रै जापानी शैलीका सुविधाहरू उपलब्ध गराउन थालिएको छ । चीनको जिलिन प्रान्तमा जापानी वास्तुकला र तातोपानीको कुण्ड (बाथ) सहितको स्की रिसोर्ट सञ्चालनमा ल्याइएको छ, जहाँ यस सिजनमा ७ लाखभन्दा बढी पर्यटक पुगिसकेका छन् ।

दुई देशबीचको बढ्दो राजनीतिक तनावका कारण थुप्रै चिनियाँ परिवारले आफ्नो पूर्वनिर्धारित जापान भ्रमण रद्द गरेका छन् । बेइजिङले आफ्ना नागरिकलाई जापान भ्रमणमा निरुत्साहित गरिरहेकाले आगामी दिनमा पनि पर्यटकको संख्या अझै घट्न सक्ने अनुमान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया