Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो  – जापानको नागासाकी प्रान्तस्थित आफ्नो विशेष आर्थिक क्षेत्रभित्र प्रवेश गरेको एउटा चिनियाँ माछा मार्ने डुङ्गालाई जापानी मत्स्य विभागले नियन्त्रणमा लिएको छ । जापानी अधिकारीहरूको आदेश उल्लंघन गरी भाग्न खोजेको आरोपमा डुङ्गाका चालकलाई समेत पक्राउ गरिएको छ ।

मत्स्य विभागका अनुसार बिहीबार नागासाकीको गोतो टापुभन्दा करिब १७० किलोमिटर दक्षिण-पश्चिममा जापानी अधिकारीहरूले निरीक्षणका लागि रोक्न खोज्दा ४७ वर्षीय चिनियाँ चालक झेङ नियानलीले डुङ्गा नरोकी भाग्ने प्रयास गरेका थिए । उक्त ‘टाइगर नेट’ भनिने माछा मार्ने डुङ्गामा चालकसहित ११ जना सवार थिए ।

प्रधानमन्त्री सानाय ताकाइचीको नेतृत्वमा जापान र चीनबीचको कूटनीतिक सम्बन्धमा केही महिनादेखि तनाव बढिरहेका बेला यो घटना भएको हो । सन् २०२२ यता जापानले चिनियाँ माछा मार्ने डुङ्गा नियन्त्रणमा लिएको यो पहिलो पटक हो ।

जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले शुक्रबार टोकियोमा आयोजित पत्रकार सम्मेलनमा घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । उनले जापानको जलक्षेत्रमा हुने अवैध मत्स्य पालन र गतिविधिहरू रोक्न सरकारले दृढताका साथ कदम चाल्ने स्पष्ट पारे ।

यो वर्ष जापानी मत्स्य विभागले नियन्त्रणमा लिएको यो पहिलो विदेशी डुङ्गा हो । गत वर्ष जापानले एउटा ताइवानी र एउटा दक्षिण कोरियाली डुङ्गा नियन्त्रणमा लिएको थियो । जापानले आफ्नो जलक्षेत्रमा अवैध माछा मार्ने कार्य रोक्न नियमित रूपमा अनुगमन र निरीक्षण गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया