Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई खानेपानी मन्त्रालय सम्हाल्ने गरी कार्यभार तोकेका हुन्।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा यो निर्णय गरेका हुन्। यसअघि प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएको खानेपानी मन्त्रालयको जिम्मेवारी अब मन्त्री भण्डारीले लिनेछन्।

गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीले सम्हाल्दै आएको खानेपानी मन्त्रालयको कार्यभार श्रम मन्त्री भण्डारीले सम्हाल्ने गरी तोकेका हुन् ।  

तपाईको प्रतिक्रिया