Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) तथा हाल अवकाश प्राप्त चन्द्रकुवेर खापुङको बयान जारी छ। २३ र २४ भदौमा भएका घटनाबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले खापुङको बयान लिएको हो।

आयोग स्रोतका अनुसार बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा खापुङको बयान भइरहेको छ। जेनजी घटना भएका बेला खापुङ नै प्रहरी महानिरीक्षक थिए। सो घटनामा २३ भदौमा प्रहरीले चलाएको गोली लागेर २२ जनाको मृत्यु भएको थियो। त्यसबेला प्रहरीले अनावश्यक रूपमा अत्यधिक बल प्रयोग गरेको भन्दै आलोचना हुँदै आएको छ।

यसअघि आयोगले फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूको विवरण पठाउन आग्रह गर्दा खापुङले अटेर गरेको दाबी गरिएको थियो। त्यस समय उनले जवानदेखि आईजीपीसम्म सबै फिल्डमै रहेको भन्ने जवाफ पठाएका थिए। उक्त जवाफपछि आयोगले खापुङलाई ५ सय रुपैयाँ जरिवाना गर्ने तयारीसमेत गरेको थियो। त्यसपछि मात्र उनले आवश्यक विवरण पठाएको आयोगले जनाएको छ।

आयोगले घटनासँग सम्बन्धित सबै पक्षको बयान लिने काम अन्तिम चरणमा पुर्‍याएको छ। अब तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको बयान लिने तयारी भइरहेको छ।

 

 

तपाईको प्रतिक्रिया