समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेको ११औँ महाधिवेशनबाट काठमाडौं महानगरपालिकाकी मेयर सुनिता डंगोल केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
बिहीबार सार्वजनिक भएको मतपरिणामअनुसार डंगोल केन्द्रीय सदस्यमा चयन भएकी हुन्। उनी ‘भूगोल राजधानी विशेष’तर्फ ४० वर्षमुनिको कोटाबाट निर्वाचित भएकी हुन्।
डंगोलले कुल १ हजार ६६८ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी ई. राजन थापाले २२९ मत र सन्तोष खड्काले ३३० मत पाएका छन्।
प्रकाशित मिति: बिहिबार पुस ३, २०८२
प्रकाशित समय: १७:४३:३९








