Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो – विश्वका प्रमुख ४८ सहरहरूमध्ये समग्र आकर्षणको आधारमा जापानी राजधानी टोकियो दोस्रो स्थानमा उक्लिएको छ । विगत नौ वर्षदेखि लगातार तेस्रो स्थानमा रहँदै आएको टोकियोले यस पटक अमेरिकी सहर न्युयोर्कलाई पछि पार्दै यो सफलता हासिल गरेको हो ।

जापानी अनुसन्धान संस्था ‘दी मोरी मेमोरियल फाउन्डेसन’ अन्तर्गतको ‘इन्स्टिच्युट फर अर्बन स्ट्राटेजिज’ ले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल पावर सिटी इन्डेक्स’को प्रतिवेदन अनुसार विदेशी पर्यटकहरूको आगमनमा भएको वृद्धिले टोकियोको वरीयता उकास्न मद्दत गरेको हो ।

शीर्ष पाँच सहरको वरीयतामा नौ वर्षपछि पहिलो पटक परिवर्तन देखिए पनि बेलायतको लन्डन भने लगातार १४ औं वर्ष पनि शीर्ष स्थानमा कायमै छ । समग्र अङ्कमा केही गिरावट आए पनि ‘सांस्कृतिक अन्तरक्रिया’र ‘पहुँच’ जस्ता विधामा बलियो पकडका कारण लन्डन पहिलो स्थानमा रहन सफल भएको हो ।

यो सूचकांकले विश्वभरका मानिस र व्यवसायलाई आकर्षित गर्ने सहरहरूको ‘चुम्बकीय शक्ति’ मापन गर्दछ । यसका लागि अर्थतन्त्र, अनुसन्धान र विकास, सांस्कृतिक अन्तरक्रिया, बसोबास योग्यता, वातावरण र पहुँच गरी ६ वटा मुख्य मापदण्डहरू तय गरिएका छन् ।

टोकियोको सुधार र न्युयोर्कको गिरावट
सन् २००८ देखि प्रकाशन सुरु भएको यो वार्षिक सूचकांकमा टोकियोले अर्थतन्त्र विधामा केही कमजोर प्रदर्शन गरे पनि समग्र अङ्कमा सुधार गरेको छ । जापानी मुद्रा येनको अवमूल्यनले जापानलाई सस्तो र आकर्षक पर्यटकीय गन्तव्य बनाएको छ, जसले गर्दा ‘सांस्कृतिक अन्तरक्रिया’ मा टोकियो दोस्रो स्थानमा उक्लिएको छ भने ‘बसोबास योग्यता’मा विश्वकै पहिलो सहर बनेको छ ।

उता, न्युयोर्कले भने सन् २०१२ देखि कायम राखेको आफ्नो दोस्रो स्थान गुमाएको छ । प्रतिवेदनका अनुसार न्युयोर्कको अङ्कमा ‘सबैभन्दा तीव्र गिरावट’ देखिएको छ । विशेष गरी अत्यधिक महँगीका कारण ‘मूल्य स्तर’ सूचकमा न्युयोर्क अन्तिम स्थानमा पुगेपछि यसको ‘बसोबास योग्यता’ खस्किएको हो ।

यसै वर्ष आयोजना गरिएको ‘वल्ड एक्स्पो’का कारण विदेशी पर्यटकको ओइरो लाग्दा र कुल गार्हस्थ्य उत्पादनमा टेवा पुग्दा जापानको ओसाका सहरले ठूलो फड्को मारेको छ । अघिल्लो वरियतामा ३५ औं स्थानमा रहेको ओसाका यसपटक १८ औं स्थानमा उक्लिएको छ । त्यस्तै, दक्षिण-पश्चिमी जापानी सहर फुकुओका ४० औं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया